PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

अपहरणको तीन घन्टामै अपहरणकारी पक्राउ, बालक सकुशल फिर्ता



पहिलोपोस्ट

अपहरणको तीन घन्टामै अपहरणकारी पक्राउ, बालक सकुशल फिर्ता

  • कृष्ण ओली -
काठमाडौं : अपहरणमा परेको ३ घण्टापछि कोहलपुर प्रहरीले एक बालकको सकुशल उद्दार गरेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट आज दिउँसो तुलसीपुर नगरपालिका ९ का ६ वर्षीय बालक सृजन ओली अपहरणमा परेका थिए। 

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बालकलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा कोहलपुर बसपार्कबाट उद्दार गरी अपहरणकारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँके महादेवपुरी ४ गुरुवा गाउँका २९ वर्षीय अमर खड्का रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए।

उनले भने – 'प्रहरीलाई बालक अपहरणमा परेको खबर ढिला आएकाले पनि बालकको उद्दार गर्न ढिलो भएको हो।' 

प्रहरीका अनुसार अपहरणकारी खङ्का भारतको गोवा बस्दै आएका थिए। 'अनुसन्धानबाट खङ्का हिजो मात्र भारतबाट नेपाल आएको देखिन्छ,' काफ्लेले भने – 'हिजो साँझ नै बालकलाई चकलेट, बिस्कुट किनिदिएर फकाउने प्रयास रहेछ। सुत्केरी हुन आएकी आमाको साथमा बालक अस्पताल आएका थिए। प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार घटनामा अरु पनि संग्लन रहेको देखिन्छ।
फोटो : हेमन्त चौधरीको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell