PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

काठमाडौं भित्रिने बैकल्पिक मार्ग 'मदन भण्डारी राजमार्ग' पनि पहिरोले अवरुद्ध



रासस

हेटौँडा : मदन भण्डारी राजमार्गमा पर्ने हेटौँडा–कुलेखानी सडक खण्डको सिस्नेरी–३ अमलडाँडामा आज बिहान परेको वर्षाले पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडाँ जाने यातायात सेवा ठप्प भएको छ।
 
हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौं जाने सयौँ जिप, कार मिनीबस लगायत सवारीसाधन अब फाखेल सडकबाट चलेको थियो।
 
फाखेल सडकखण्डमा पर्ने कुलेखानी गाविस–८ सुकौराडाँडामा आज अपराह्न पहिरो जाँदा त्यहाँ पनि काठमाडौँ –हेटौँडा काठमाडौं तर्फको यातायात सेवा अपराह्न २ बजेदेखि अवरुद्ध भएको फाखेल प्रहरी चौकीले जनाएको छ।
 
अहिले फाखेलको सुकौराडाँडामा हेटौँडा एवम् काठमाडौंबाट आएका करिब ६०० सवारी साधन अलपत्र परेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागाईँले जानकारी दिए।
 
सिस्नेरी गाविसको अमलडाँडा एवम् कुलेखानी गाविसको सुकौराडाँडामा गएको पहिरो हटाउन अहिले प्राविधिक सहित डोजर त्यसतर्फ पठाइसकिएको छ। आज राति १० बजेदेखि नै सो अवरुद्ध यातायात सेवा चालु गर्ने लक्ष्य राखिएको मकवानपुरका प्रजिअ डा मानबहादुर विश्वकर्माले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell