
सलमान खानको करिअर ग्राफ हेर्ने हो भने उनको फिल्मले भन्दा आलोचनाले चर्चा दिने गर्थ्यो। बक्स अफिसको रिपोर्टले चर्चा दिलाउँदैन थियो। सन् २००५ देखि २००९ सम्म हेर्ने हो भने उनले एक से एक फ्लप फिल्म दिए। त्यसबीचमा आएको पार्टनरमात्र एउटा हिट थियो।
फिल्म इन्ड्रस्टिजका प्रेमका रुपमा परिचित उनका फिल्महरुले राम्रो पहिचान नदिएको होइन। मेने प्यार किया, हम आप के है कौन, करन अर्जुन र हम दिल दे चुके सनम जस्ता फिल्मले उनलाई स्टार बनाएको थियो। तर त्यसपछिका दिनहरु खराब रहे।
सन् २००९ मा प्रभु देवाको निर्देशनमा बनेको वान्टेडले सलमानलाई पुनर्जीवित गर्यो। त्यसयता उनले पछाडि फर्केर हेर्न परेन। त्यसयता उनी बलिउड फिल्म इन्ड्रस्ट्रीका बिगेस्ट स्टार रहँदै आए। आउँदो फिल्म सुल्तानले उनको बलिउड हैसियत पक्कै घटाउने छैन।
वान्टेड : यो फिल्मले सिंगल स्क्रिन थिएटरमा सलमानलाई फेरि हिट बनायो। सिठ्ठी फुक्ने दर्शकका लागि फिल्ममा पर्याप्त छोटा र बलिया डायलग थिए। त्यतिखेर फिल्मले ६१ करोड रुपैयाँ कमाएको थियो।
दवंग र दवंग २ : बक्स अफिसमा यी दुई फिल्मले क्रमश: १ सय ४१ र १ सय ५४ करोड रुपैयाँ कलेक्ट गर्यो। यसले मल्टिप्लेक्स दर्शकलाई पनि तान्यो सँगै सिंगल स्क्रिनमा पनि उनको जादू चलिरह्यो।
एक था टाइगर : फिल्मले सलमानलाई ब्लकबस्टर बनायो सँगै क्रिटिकहरुलाई पनि चित्त बुझायो। फिल्मले निर्देशक कबिर खानसँग सम्बन्ध सुरुवात गर्यो र सन् २०१५ को अर्को ब्लकबस्टर बजरंगी भाइजान आयो यही जोडीको सहकार्यमा।
बजरंगी भाइजान : सलमान खानको इमेजलाई फिल्मले अझै माथि पुर्याउने मात्र काम गरेन बक्स अफिसमा ३ सय २१ करोड बटुल्न समेत सफल भयो यो फिल्म।
प्रेम रतन धन पायो : उनको यो फिल्मले पनि राम्रो कलेक्सन गर्न सक्यो जसले उनको बलिउड कद थप अग्लो बनायो। फिल्मलाई समीक्षकले रुचाएनन् तर बक्स अफिसबाट २ सय १३ करोड कलेक्सन भयो।