PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

​अफगानिस्तान लैजाने भन्दै दुवईमा अलपत्र!



पहिलोपोस्ट

काठमाडौं : केही साताअघि अफगानिस्तानमा आत्माघाती बम बिस्फोटनमा परी १३ नेपालीको मृत्यु भयो। अफगानिस्तान वैदेशिक रोजगारीका लागि असुरक्षित भन्दै सरकारले जान रोक लगायो लगत्तै। तर, अफगानिस्तान लैजाने गिरोहहरु उत्तिकै सक्रिय छन्।

अफगानिस्तान लैजाने भन्दै दुवईमा लगेर अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। धादिङ जिल्ला घर भएका ३३ वर्षीय यमन तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनले धादिङकै ४४ वर्षीय टेकबहादुर तामाङलाई अफगानिस्तान लैजाने भन्दै दुवईमा लगेर अलपत्र पारेका थिए। तामाङले टेकबहादुरबाट ५ लाख ५० हजार लिएको खुल्न आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell