काठमाडौं : नक्कली भूकम्प पीडित बनाएर क्यानडा लैजान्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध अनुसन्धान व्युरोको टोलीले उजुरीको आधारमा ठगी गर्ने काठमाडौं धापासीका देव जुङ पण्डितलाई पक्राउ गरेको हो। उनले काठमाडौं बुढानिलकण्ठका मक्ष श्रेष्ठलाई नक्कली भूकम्प पीडित बनाएर क्यानडा लैजाने भन्दै २२ लाख रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।