PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

​विश्व नम्वर वान जोकोभिच विम्वलडनको तेस्रो चरणबाटै आउट



पहिलोपोस्ट

​विश्व नम्वर वान जोकोभिच विम्वलडनको तेस्रो चरणबाटै आउट

विश्व नम्वर वान टेनिस खेलाडी नोभाक जोकोभिच विम्वलडन ओपनको तेस्रो चरणबाटै बाहिरिएका छन्।
साविक विजेता समेत रहेका सर्वियन खेलाडी जोकोभिच २८ औं वरियताका साम क्वेरेसँग ३१ को सेटमा स्तब्ध बने।

वर्षको तेस्रो ग्राण्डसलामा विल्वलडनमा अमेरिकन खेलाडी सामले जोकोभिचलाई ७–६, ६–१, ३–६ र ७–६ को सेटमा पराजित गरेका हुन्। 

विम्वलडनमा तेस्रो चरणमा बेहोरेको हारसँगै जोकोभिचको ग्राण्डसलाममा ३० खेलको अपराजित यात्रा समेत रोकिएको छ। यस्तै एकै क्यालेन्डर इअरमा चार वटै ग्राण्डसलाम टेनिसको उपाधि जित्ने जोकोभिचको सम्भावना पनि सकिएको छ। 

जोकोभिचले सन् २०१५ को फ्रेन्च ओपन फाइनल पछि कुनै पनि ग्राण्डसलामका खेल गुमाएका थिएनन्। यस वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन रफ्रेन्च ओपनको उपाधि जितिसकेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell