
फ्रान्समा चलिरहेको युरो कप २०१६ को सेमिफाइनल समिकरण पुरा भएको छ। गएराती भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले आइसल्याण्डलाई हराएसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुङुगो लागकोे हो।
सेमिफाइनल पुगेका मध्ये दुई टोली पुर्व विजेता छन् । पुर्व विजेताद्धय आयोजक फ्रान्स र जर्मनीसँगै वेल्स र पोर्चुगलले सेमिफाइनलमा स्थान बनाएका छन्। क्वाटरफाइनलका चार मध्ये दुई खेलको नतिजा पेनाल्टीसुटआउटबाट आएको थियो।
पोर्चुगलले पोल्याण्डलाई पहिलो क्वाटरफाइनलमा ५–४ ले पराजित गरेको थियो। प्रिक्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टीसुटआउटमै पाखा लगाएको पोल्याण्ड दोस्रो पटक भने पेनाल्टीसुटआउटमै चुक्यो।
पाँच खेल खेलिसक्दा पनि अहिलेसम्म ९० मिनेट भित्र जित हासिल गर्न नसकेको पोर्चुगल सेमिफाइनल पुग्नुमा भाग्यको पनि साथ पाउँदै आएको छ।
यता विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियम वेल्ससँग पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो। यता वेल्स भने सन् १९९२ पछि पहिलो सहभागितामै सेमिफाइनलमा पुग्ने पहिलो टीम बन्यो।
पोर्चुगल र जर्मनी पछिल्लो संस्करणमा समेत सेमिफाइनलमा पुगेका थिए। तेती बेला पोर्चुगल स्पेनसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो भने जर्मनी इटलीसँग हारेको थियो। जर्मनीले उक्त हारको बदला यसपटक क्वाटरफाइनलमै लिइसकेको छ र सर्वाधिक चार पटक युरो च्याम्पियन बन्ने दाउमा छ।
यता सन् २००४ मा घरेलु मैदानमा भएको युरोको फाइनलिस्ट पोर्चुगल दोस्रो पटक युरो फाइनलमा पुग्ने दाउमा छ त्यसका लागि उसले गारेथ बेल प्ररित वेल्सलाई प्रतिद्धन्दी पाएको छ।
अन्तिम क्वाटरफाइनलमा आयोजक फ्रान्स डेबुटान्ट आइसल्याण्डलाई हराउँदै सन् २००० पछि पहिलो पटक युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्वाटरफाइनलका नतिजा
पोल्याण्ड ३–५ पोर्चुगल पेनाल्टीसुटआउट (१–१ निर्धारित समय)वेल्स ३–१ बेल्जियम
जर्मनी ६–५ इटली पेनाल्टीसुटआउट (१–१ निर्धारित समय)
फ्रान्स ५–२ आइसल्याण्ड
सेमिफाइनल समिकरण
असार २२ गते वेल्स भर्सेस पोर्चुगल मध्यराती १२ः४५ बजेअसार २३ गते जर्मनी भर्सेस फ्रान्स मध्यराती १२ः४५ बजे