PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

७ वर्षे बालिकालाई अश्लील भिडियो देखाउने युवक प्रहरीको फन्दामा



पहिलोपोस्ट

काठमाडौँ : बालिकालाई अश्लील भिडियो देखाएको अभियोगमा ३० वर्षीय युवक सुरेश बानियाँ पक्राउ परेका छन्।
 
मकवानपुरको हेटौंडा नगरपालिका–२ संगम चोक घर भई चन्द्रागिरी नगरपालिका–२ दहचोक बस्ने बानियाँ पक्राउ परेका हुन्।
 
उनले सिन्धुपाल्चोक तातोपानी घर भएकी ७ वर्षीया बालिकालाई घरदेखि केही पर खाली ठाउँमा लगेर अश्लील भिडियो देखाएका थिए। भिडियोका साथै गोप्य अंग समेत देखाएको भनी बालिकाका आफन्तले खबर गरेपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell