.jpg)
काठमाडौं : अहिले पोस्ट प्रोडक्सनमा रहेको फिल्म गाँठोले रिजिल अगावै आफ्नो लगानी सुरक्षित गरेको छ।
पछिल्लो समय नेपाली फिल्मले नेपाली बजारको मात्र भर पर्नुपर्ने स्थिति बिस्तारै पातलिँदै गएको छ। कमेरो इभेन्टले अस्ट्रेलियाका लागि १५ लाखमा फिल्मलाई खरिद गरेको हो।
मौन र होस्टेल रिर्टन्सका निर्देशक सुरज भुसालले निर्देशन गरेको फिल्म भएकाले गाँठोको लागि उक्त पैसा तिर्न आँट गरेको कमेरो इभेन्टका राजिव भुसालले बताए। अस्ट्रेलियाबाटै अगस्ट २७ मा गाँठोले वर्ल्ड प्रिमियर गर्दैछ।
त्यस्तै यसअघि नै हाइलाइटस् नेपाललाई ३५ लाखमा गाँठोको डिजिटल राइट्स बेचिएको छ। उपत्यकाभित्र वितरणको जिम्मा लिएका गोविन्द शाहीबाट १० लाख एड्भान्स लिइसकेको र उपत्यकाबाहिरको वितरक एफडीले न्युनतम २० लाख ग्यारेन्टी गरिसकेको छ। अमेरिका र युकेका लागि ओभसिज राइट्सका लागि समेत कुरा भइरहो निर्देशक भुसालले बताए।
गाँठोमा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भूमिका छ। नेपालमा भने यो फिल्म भदौ ३१ गतेदेखि रिलिज हुँदैछ।