PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

बेलायत भ्रमणका लागि छानियो नेपाली क्रिकेट टोली, को को परे टीममा?



पहिलोपोस्ट

बेलायत भ्रमणका लागि छानियो नेपाली क्रिकेट टोली, को को परे टीममा?

काठमाडौं : बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। उक्त भ्रमणमा मेरिलिवन क्रिकेट क्लब एमसीसीसँग हुने खेलका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले बनाएको छनोट समितिले टोलीको घोषणा गरेका हो।

प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधी राजु बेनकाटापती रहेको तीन सदस्यीय छनोट समितिले पारसकै नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्वन गरेपछि नेपालको सबै खाले क्रियाकलाप आफैँ हेरिरहेको छ।

१५ सदस्यीय टोलीका ओपनरद्वय सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन्। सुवास र अनिल गत वैशाखमा घरेलु मैदानमा नामिविया विरुद्ध भएको खेलमा नेपाली टोलीमा परेका थिएनन्। टोलीमा पहिलो पटक  विक्रम सोबले स्थान बनाएका छन्।

यस्तै यसअघि टोलीमा रहेका नरेश बुढाऐर र सुशन भारी भने टोलीमा पर्न असफल भएका छन्।

बेलायत भ्रमणको लागि नेपाली जुलाई ११ मा त्यसतर्फ प्रस्थान गर्नेछ। भ्रमणका क्रममा नेपालले जुलाई १९ मा मेरिलिवोन क्रिकेट क्लबसँग लर्ड्समा खेल्नेछ। यस्तै स्थानीय टोलीसँग पनि नेपाली टोलीले खेल्नेछ।

बेलायत भ्रमणलाई आगामी अगस्टमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलको तयारी रुपमा हेरिएको छ।

बेलायत भ्रमण जाने १५ सदस्यी नेपाली टोली

पारस खड्का कप्तान
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
बसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
सन्दीप लामिछाने
सागर पुन
विनोद भण्डारी
सुवास खकुरेल
अनिल मण्डल
करण केसी
राजेश पुलामी मगर
राजु रिजाल
विक्रम सोब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell