PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

मोर्चाले आज पनि गर्‍यो संसद बहिस्कार



पहिलोपोस्ट

मोर्चाले आज पनि गर्‍यो संसद बहिस्कार

काठमाडौँ : संसद बहिस्कार गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि बहिस्कारलाई निरन्तरता दिएको छ।
 
नयाँ संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको मोर्चाले बैठक सुरु हुनासाथ विरोध जनाउँदै बहिस्कार गरेको हो। मोर्चाका सांसद बृजेशकुमार गुप्ताले संविधानका अन्तर्वस्तुका विषयलाई लिएर मोर्चाले सडक आन्दोलनसँगै अनसनमा रहँदा पनि प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाए। 
 
आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जान सक्ने चेतावनी दिँदै उनले आन्दोलनकारी दलका कार्यकर्तालाई भड्काउने खेलमा सरकार उद्यत भएको बताए। 
(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell