PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

फ्रान्ससँग खेल्नुअघि जर्मनीलाई झड्का, मारियो गोमेज युरोबाट आउट



पहिलोपोस्ट

फ्रान्ससँग खेल्नुअघि जर्मनीलाई झड्का, मारियो गोमेज युरोबाट आउट

युरोकप २०१६ को सेमिफाइनलमा आयोजक फ्रान्ससँग भिड्नुअघि जर्मनीलाई झड्का लागेको छ। चौथो पटक युरोकप जित्दै कीर्तिमान राख्ने तयारीमा रहेको जर्मनीका मुख्य स्ट्राइकर मारियो गोमेज युरोबाट आउट भएसँगै योकिम लो को टीमलाई तनाव भएको हो।
 
इटली विरुद्धको क्वाटरफाइनलमा दाँया तिघ्राको चोटका कारण गोमेजले सेमिफाइनल सहितका बाँकी खेल खेल्न नसक्ने भएका हुन्।
 
'गोमेजले युरोमा धेरै राम्रो प्रदर्शन गरिरहेका थिए, उनले गोलबाहेक पनि टीमलाई सहयोग पुर्‍याएका थिए,' जर्मनीका प्रशिक्षक योकिम लो ले भने, 'अब हामीले नयाँ अवस्थालाई स्विकार गरेर समाधान खोज्नुपर्छ र हामी त्यो गर्न सक्छौं। हाम्रो टोलीमा क्षमता छ र मलाई मेरा सबै खेलाडीमाथि पूर्ण विश्वास छ।'
 
योकिम लो को टोलीमा कप्तान बास्टिन स्वाइन्स्टाइकर र सामी केडिरा पनि पूर्ण फिट छैनन्। यिनीहरुले फ्रान्सविरुद्ध खेल्ने सम्भावना निकै कम छ। यस्तै जर्मनीका सेन्ट्रल डिफेन्डर माट्स हुमेल्स दुई पहेँला कार्डका कारण एक खेल निलम्बनमा छन् र उनले फ्रान्स विरुद्धको खेल गुमाउनेछन्।
 
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप अन्तर्गत क्वाटरफाइनलमा फ्रान्सविरुद्ध जित निकाल्ने क्रममा हुमेल्सले जर्मनीका लागि निर्णायक गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell