PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

वैदेशिक रोजगारीको नाममा ठग्ने समातिए



पहिलोपोस्ट

काठमाडौं : विभिन्न देश लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान व्यूरोको टोलीले रुपेन्देही घरभइ हाल काठमाडौंको मैतिदेवी वस्ने रामप्रसाद घिमिरेलाई पक्राउ गरेको हो।

आफूलाई मिलेनियम म्यानपावरको कर्मचारी भएको भन्दै ७ जनालाई उनले ठगी गरेको खुल्न आएको छ। घिमिरेले जयप्रसाद पुलामी, सविन गिरी, इन्दु पोख्रेल, गोपाल घर्ती सहित अन्य ३ जनालाई ठगी गरेका थिए। उनले विदेश पठाउने भन्दै प्रत्येकबाट १ लाख २० हजार लिएको खुल्न आएको छ। पक्राउ परेका घिमिरेलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा जिम्मा लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell