PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कसरी हुँदैछ रानीपोखरीको पुनर्निर्माण? १५ फोटोमा हेर्नुस्

कसरी हुँदैछ रानीपोखरीको पुनर्निर्माण? १५ फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : गत वर्षको विनाशकारी भूकम्पले रानीपोखरीको मध्यभागमा रहेको मन्दिर क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्या भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास माघ २ गते गरिन्। तर पोखरीका माछा झिक्नमा ढिलाइ भएकाले पुनर्निर्माणले गति लिएको थिएन। अहिले भने यसले गति समाएको छ। धमाधम पुनर्निर्माण कार्य जारी छ।
 
राजधानी सहरको केन्द्रभागमा रहेको रानीपोखरीलाई पुनर्निर्माण गरी दैनिक रुपमा सर्वसाधारणको लागि खुला गर्ने महानगरपालिकाको तयारी छ। रानीपोखरी पुनर्निर्माणको बजेट करिब १२ करोड रुपैयाँ छ। वर्ल्डवाइड कँडेल के एण्ड केजी जेभी पुनर्निर्माणमा खटिएको छ।
 
झन्डै ६० रोपनी जग्गा रहेको रानीपोखरी क्षेत्रमा ४० रोपनी त पोखरीले नै ओगटेको छ। किनारमा रहेको बाँकी ठाउँलाई भने महानगरपालिकाले पार्क बनाउने तयारी गरेको छ। रानीपोखरीभित्र पनि फाउन्टेन राखेर विद्युत् जडान गरी झिलीमिली बनाइने महानगरको योजना छ।

रानीपोखरीको पुनर्निर्माणलाई छिटो सक्द तीव्र गतिमा काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। कसरी हुँदैछ त पुनर्निर्माण कार्य?

हेर्नुस् १५ फोटोमा-


ट्रेन्डिङ पोस्ट

Ncell