काठमाडौं : सत्यराज चौलागाईंको दोस्रो एल्बम ‘माया-२०१६’ मा संलग्न ‘बुझेन मायाले’ बोलको गीत तथा यसको म्युजिक भिडियो सार्वजनिक गारिएको छ।
ओपेरा ट्युन्सले सार्वजनिक गरेको उक्त गीतमा बादल लिम्बु र शुबानी मोक्तानले स्वर दिएका छन्। गीतमा सत्यराजको शब्द र बादल लिम्बुको संगीत छ। कुमार थापाले संगीत संयोजन गरेको उक्त गीतमा मायाप्रेम र विछोडको संवेदनालाई देखाइएको छ।
भिडियोलाई सत्यराजले नै निर्देशन गरेका छन्। यसमा अभिनेत्री सुर्बिना कार्की, वीरेन्द्र गुरुङ र सन्तोषकुमार थापाका साथै बालकलाकार संस्कृति र मार्टिनको अभिनय छ।
रामकुमार केसीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
हेर्नुस् म्युजिक भिडियो-