PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

म युरो कप हेर्दै हेर्दिनँ : गणेश थापा



मनोज सत्याल

म युरो कप हेर्दै हेर्दिनँ : गणेश थापा

फ्रान्समा अहिले युरोकप फुटबल चलिरहेको छ। तर अखिल नेपाल फुटबल सङ्घ एन्फाका पूर्व अध्यक्ष तथा सांसद गणेश थापालाई युरो कपमा कत्ति पनि चासो छैन। उनी अहिले गृह जिल्ला हेटौँडामा छन् पार्टी र व्यक्तिगत कामले। 

दुई दशकभन्दा बढी नेपाली फुटबलको प्रशासनिक नेतृत्व सम्हालेका थापालाई युरो कपको कुनै पर्वाह छैन। पहिलोपोस्ट सङ्गको युरो विशेष कुराकानीमा थापाले आफू कहिल्यै पनि युरो कप नहेर्ने बताए। 

उनले भने, 'म यस्तो मान्छे हो कि युरोकप अहिलेसम्म हेरेको पनि छैन मेरो सपोर्ट पनि कसैलाई छैन।' 

युरो कप फलो नै नगर्ने थापा आफूले नेपाली फुटबल मात्र हेर्ने गरेको बताउँछन्। उनले भने, 'म युरो कप हेर्दै हेर्दिनँ। फलो नै गर्दिनँ। अनि कसलाई सपोर्ट गर्नु। तपाइँलाई अचम्म लाग्ला, म नेपाली फुटबल मात्र फलो गर्छु। झलाकझुलुक हेर्ने बाहेक मेरो युरोपेली फुटबलबारे ज्ञानै छैन।'

नेपाली फुटबललाई मात्र धेरै ध्यान दिने थापा अगाडि थप्छन्, 'म नेपाली फुटबलबाहेक अरु फलो नै गर्दिनँ। म प्रिमियर लिग लगायत अन्य लिगहरु पनि हेर्दिन। युरो कप फलो गर्ने कुरै भएन।' 

थापा फुटबलको विश्वकप भने हेर्छन्। उनले भने, 'मैले अन्तर्राष्ट्रिय फुटबल हेर्ने भनेको वर्ल्डकप मात्र हो। त्यो पनि चार चार वर्षमा हुने भएर मात्र हो। अरुमा मलाई खासै इन्ट्रेस्ट नै छैन।'

उनलाई अन्तर्रास्ट्रिय खेलाडीमा भने मेस्सी मन पर्ने रहेछ। भन्छन्, 'मेरो फेभरेट प्लेयर भनेको मेस्सी हो। त्यसैको खेल भए मात्र आक्कलझुक्कल खेल हेर्छु।' 

'म अहिलेसम्म दुई खेलाडीबाट मात्रै प्रभावित छु। एउटा म्याराडोना त्यसपछि मेस्सी। यिनीहरुको खेल भयो भने हेर्छु। त्यो पनि अलिकति। बाँकी त म हेर्दिन।' 

एन्फाको अध्यक्ष भएदेखि अफुले नेपाली फुटबल मात्र फलो गर्ने गरेको उनको दाबी छ।  'जुन दिनदेखि म एन्फाको प्रेसिडेन्ट भएँ नि, त्यहाँदेखि मैले नेपाली फुटबल बाहेक अरु फलो नै गर्दिनँ।' 

उनले अगाडि भने, 'म त्यस्तै किसिमको भएँ कि मलाई नेपालको सि डिभिजन खेलसमेत हेर्न मन लाग्छ। तर मलाई विश्वका टप १५ जना प्लेयर भन् भन्यो भने म भन्न सक्दिनँ। यो अचम्म छ कि कुनै पनि मान्छेले यो पत्याउँदै पत्याउँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell