PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

फ्रान्सलाई जर्मनीले जिते पोर्चुगल वा वेल्सलाई यस्तो फाइदा



पहिलोपोस्ट

फ्रान्सलाई जर्मनीले जिते पोर्चुगल वा वेल्सलाई यस्तो फाइदा

युरो २०१६ को पहिलो सेमिफाइनलमा भिड्न लागेका वेल्स र पोर्चुगललाई आफ्ना खेलको महत्व जति छ, त्यति नै जर्मनी र फ्रान्सबीचको खेलको महत्व छ।
 
यदि जर्मनीले फ्रान्सलाई दोस्रो सेमिफाइनलमा पराजित गरेको खण्डमा पोर्चुगल र वेल्समध्ये जसले जित्छ, उसलाई सिधै अर्को प्रतियोगिता खेल्ने मौका मिल्नेछ। यसो भएको खण्डमा पोर्चुगल र वेल्सबीचको विजेताले आगामी वर्ष रसियामा हुने कन्फेडेशन कप खेल्न अवसर प्राप्त गर्नेछ।
 
विश्व विजेताको हैसियतमा जर्मनी यसअघि नै उक्त प्रतियोगिताको लागि छनोट भइसकेको छ। त्यसैले गर्दा जर्मनी फाइनल पुगे फाइनल पुग्ने अर्को टोलीलाई फाइदा पुग्नेछ।
 
जर्मनीसँगै आयोजक रसिया यसअघि नै छनोट भइसकेको छ भने अस्ट्रेलिया, चिली, मेक्सिको र न्युजिल्याण्डले पनि कन्फेडेरेशन कप खेल्नेछन्।
 
कुल ८ टोलीले भाग लिने प्रतियोगितामा अब २ टोलीको मात्र छिनोफानो हुन बाँकी छ। फ्रान्स, पोर्चुगल र वेल्समध्ये एक टोली छानिने निश्चित छ भने अफ्रिकन कप अफ नेसन्सको विजेता पनि कन्फेडेरेसन कपको लागि छानिनेछन्।

सन् २०१७ जुन १७ देखि जुलाई २ सम्म हुने प्रतियोगितामा ८ टोलीलाई २ समूहमा विभाजन गरिनेछ र शीर्ष २ स्थानमा रहेने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell