PahiloPost

Dec 22, 2025 | ७ पुष २०८२

जेठो ग्रह वृहस्पतिको कक्षमा पुग्यो नासाको यान



पहिलोपोस्ट

जेठो ग्रह वृहस्पतिको कक्षमा पुग्यो नासाको यान

एक लाख ३० हजार माइल (२ लाख ९ हजार किलोमिटर) प्रति घन्टाको गतिमा खतरनाक विकिरणको तह पार गर्दै नासाको जुनो स्पेसक्राफ्ट अन्तत: बृहस्पती ग्रहको अर्बिट (कक्ष)मा प्रवेश गरेको छ

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको परिधीभित्र पहिलो मानव निर्मित यान मंगलबार प्रवेश गरेको हो।

१ अर्ब १० करोड अमेरिकी डलर खर्चमा यो स्पेसक्राफ्ट ५ वर्ष लगाएर बृहस्पतीको कक्षसम्म पुगेको हो। योसँगै नासाका बैज्ञानिकहरुको महत्वकांक्षा एवम् प्रतीक्षा पूरा भएको छ।

यो यान आज बिहान नेपाली समयअनुसार ९:३८ बजे बृहस्पतीको कक्षमा प्रवेश गरेको हो।

बृहस्पतीको कक्षमा प्रवेश गरेको यो दोस्रो मानव निर्मित यन्त्र हो। यसअघि नासाकै ग्यालिलियो स्पेसक्राफ्ट त्यहाँसम्म पुगेको थियो। ८ वर्ष त्यहाँको कक्षमा रहेको स्पेसक्राफ्टले बृहस्पतीका 'चन्द्रमा'हरुको अनुसन्धान गरेको थियो। ग्यालिलियोमा नभएको प्रविधि समावेश गरेर यसलाई पठाइएको थियो।

सूर्य चोइटिएर ग्रह बन्ने क्रममा बनेको बृहस्पतीलाई सौर्यमण्डलको जेठो ग्रह मानिन्छ। यस ग्रहमा पानीको मात्रा के कस्तो छ भन्ने लगायतका विषय यस यानमार्फत् खोजीको विषय हुनेछ।

'जुनोले कसरी सबैकुरा सुरुवात भयो भन्ने बारे संकेतहरु पत्ता लगाउने अपेक्षा गरिएको छ,' जुनोको प्रमुख अनुन्धानकर्ता स्कट बोल्टनले भने।

बृहस्पतीको नर्थ पोल हुँदै यान कक्षमा छिरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell