PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

चोट र निलम्बनका कारण क-कसले गुमाउँदैछन् युरो सेमिफाइनल?



पहिलोपोस्ट

चोट र निलम्बनका कारण क-कसले गुमाउँदैछन् युरो सेमिफाइनल?

युरोकप २०१६ अन्तर्गत सेमिफाइनलका खेल बुधबारबाट सुरु हुँदैछन्। उपाधि जित्नको लागि चारै टीम दुई खेल टाढा छन्। यस्तै, चारै टीमका खेलाडीहरु आफ्नो राष्ट्रलाई च्याम्पियन बनाउन आतुर छन्। सबै खेलाडीको चाहना हुन्छ, सबै खेल खेल्ने, तर सबैले चाहेर हुँदैन।
 
अनुशासन खेलाडीको सबैभन्दा ठूलो साथी हो भने चोट सबैभन्दा ठूलो शत्रु। र, यही अनुशासनविपरीत जाने र चोट बेहोर्ने  केही खेलाडी युरो सेमिफाइनल खेल्नबाट वञ्चित हुँदैछन्।
 
सेमिफाइनल खेल्नबाट वेल्सका २ र जर्मनीका ३ खेलाडी वञ्चित हुने भएका छन्। वेल्सका आरोन राम्से र वेन डेभिस यसअघि २ पहेँलो कार्ड पाएका कारण १ खेल निलम्वनमा परेका थिए। उनीहरुले सेमिफाइनलमा पोर्चुगल विरुद्धको खेल गुमाउनेछन्।
 
जर्मनीका २ खेलाडी चोटका कारण सेमिफाइनल खेल्न सक्नेछैनन् भने १ खेलाडी निलम्बनमा परेका छन्।
 
जर्मनीका मारियो गोमेज तिघ्राको चोटका कारण युरोकप २०१६ बाट नै आउट भइसकेका छन् भने अर्का खेलाडी सामी केडिराले पनि चोटका कारण फ्रान्स विरुद्धको सेमिफाइनल खेल्न नसक्ने भएका छन्।
 
सेन्ट्रल डिफेन्डर माट्स हुमेल्लस भने २ पहेँलो कार्ड पाएका कारण १ खेलको निलम्बनमा परेका हुन्। यस्तै, जर्मनीका कप्तान बास्टिन स्वाइन्स्टाइगर पनि फ्रान्स विरुद्धको सेमिफाइनल खेल्नेमा शंका छ।
 
यस्तै, पोर्चुगलका विलियम कार्भाल्होले पनि निलम्बनमा परेका कारण वेल्सविरुद्ध सेमिफाइनल खेल्न पाउनेछैनन्।
 
आयोजक फ्रान्सको भने कुनै पनि खेलाडी निलम्बनमा छैनन्। यसअघि आइसल्याण्ड विरुद्धको क्वाटरफाइनल खेल गुमाएका मिडफिल्डर एन गोले कान्टे र डिफेन्डर एदिल रामी टोलीमा निलम्बन मुक्त भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell