PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​के सुनामी बनेर आउँदैछ सलमानको सुल्तान?



पहिलोपोस्ट

​के सुनामी बनेर आउँदैछ सलमानको सुल्तान?

सन् २०१६ को ठूलो रिलिज हो सुल्तान। ठूलो चर्चा, व्यवसायिक पहल, हेभी स्टारकास्ट (सलमान र अनुष्का), ठूलो ब्यानर (यश राज), रोचक कन्सेप्ट, जिब्रोमै झुन्डिएको संगीत, हलिउड र बलिउडबाट कुनै ठूलो रिलिज नहुनु, इदको समय र ५ हजार स्क्रिन नै सलमानको सुल्तानका लागि सफलताका सूचकहरु हुन्। यति धेरै सूचकले साथ दिएपछि के सलमानको फिल्म सुल्तानले पहिलो विकेन्ड सकिँदा बनाउला १५० करोड?

बक्स अफिसले फिल्मको हिट/फ्लप निर्धारण गर्ने भएकाले बलिउडका भाइ सलमानको सुल्तानमाथि सबैको नजर छ। र, प्रश्न पनि एउटै - के सुल्तानले १ सय ५० करोड सप्ताहन्तभित्र जुटाउला? धेरैले भनेका छन् - सम्भव छ।

'सुल्तान बक्स अफिसमा सुनामी बनेर आउँदैछ,' फिल्म वितरक तथा व्यवसाय विज्ञ गिरिश जोहर भन्छन्, 'सुनामीका संकेतहरु मैले अनुभूति गरिसकेँ।'

उनको दावीलाई मान्ने हो भने सुल्तान अहिलेसम्मकै सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बन्दैछ। सुरुकै दिन ५० करोड रुपैयाँको कारोबार गर्ने अपेक्षा छ उनको।

फिल्मले सप्ताहन्तसम्म कम्तिमा कति कमाउला? फिल्मका ट्रेस विश्लेषकहरु कसैले पनि १ सय २० करोड भन्दा कम बताएका छैनन्। त्यसैले पनि १ सय ५० करोड 'स्वभाविक' बन्दैछ। मतलब, सुल्तानले सुनामी ल्याउँदैछ।

वितरक रमेश सिप्पी भन्छन्, 'अहिलेको अवस्था हेर्दा फिल्मले १ सय ३० करोड सहजै पार गर्ने देखिन्छ। फिल्मले १ सय ४० करोडको आँकडा पार गर्‍यो भने पनि म अचम्मित हुने छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell