PahiloPost

Dec 22, 2025 | ७ पुष २०८२

अनुगमन टोलीमाथि तरकारी व्यापारीको आक्रमण



पहिलोपोस्ट

काठमाडौं : बजार अनुगमनका लागि गएको आपूर्ति मन्त्रालयको टोलीमाथि बल्खु तरकारी बजारका व्यापारीले आक्रमण गरेका छन्।

तरकारी बजारका व्यापारीले प्रयोग गर्ने अधिकांश ढक तराजु मापदण्डअनुसार नपाइएको सूचनाका आधारमा टोली मंगलबार दिउँसो बल्खु पुगेको थियो। टोलीले गुणस्तर तथा नापतौल विभागले प्रमाणित गरेअनुसार ढकतराजु प्रयोग नगरेको भन्दै उठाउन थालेपछि आक्रमण भएको हो।

टोलीमाथि आक्रोशित व्यापारीले तरकारी उठाउँदै प्रहार गरेका थिए।

आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको टोली आज बजार अनुगमनमा निस्किएको छ। मन्त्री पुन भने कालिमाटीको तरकारी बजारको अनुगमन सकेर बल्खु नजिकको कुलेश्वरसम्म पुगेर फर्किएका थिए। उनी फर्किए पनि टोलीका अन्य अनुगमनकर्तामाथि आक्रमण भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell