PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

हामी जर्मनी विरुद्ध बदला चाहन्छौं : फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड



पहिलोपोस्ट

हामी जर्मनी विरुद्ध बदला चाहन्छौं : फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड

युरोकप २०१६ को दोस्रो सेमिफाइनलमा आयोजक फ्रान्सले विश्व विजेता जर्मनीसँग खेल्दैछ।

बिहीबार स्टेड भेलोड्रोन मार्सेमा हुने खेलमा फ्रान्स जर्मनी विरुद्ध बदला लिने रणनीतति सहित मैदान उत्रने भएको छ।

फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडले फ्रान्सको असली परीक्षा योकिम लो को जर्मनी टोली विरुद्ध हुने बताएका छन्। यस्तै सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा क्वाटरफाइनलमा बेहोरेको हारको बदला लिने बताएका छन्।

'जर्मनीसँगको खेल धरै हलसम्म आइसल्याण्डसँगको भन्दा फरक हुनेछ। उनीहरु विश्व विजेता हुन् र अधिकांश प्रतियोगिताको अन्तिम चारमा पुगिरहेका हुन्छन्,' जिरुडले भने, 'हामी विश्वकपको हारको बदला दिन चाहन्छौं, हामीले नोभेम्बरमा मैत्रिपुर्ण खेलमा जर्मनीलाई हराइसकेका छौं तर यो खेल फरक हुनेछ।'

घरेलु दर्शक र समर्थकको अगाडि युरोकप २०१६ को सेमिफाइनल खेल्दा आफूहरु भाग्यमानी बनेको बताउँदै जिरुडले फ्रान्सले हात पारेको उपलब्धीमा आफूले गर्व गरेको बताएका छन्।

जारी युरोकपकमा ३ गोल गरिसकेको जिरुड गोल्डेन गोल्डेन बुटको होडमा दोस्रो स्थानमा छन्। उनीभन्दा बढी गोल गर्नेमा फ्रान्सकै एन्टोनी ग्रिज्मन छन्। ग्रिज्मनले ४ गोल गरेका छन्।

जर्मनी र फ्रान्स दुवैले उपाधि दाबेदारका रुपमा प्रतियोगिता सुरु गरेका थिए। फ्रान्स आइसल्याण्डलाई ५–२ ले हराउँदै सन् २००० पछि पहिलो पटक सेमिफाइनलमा पुगेको छ। यता जर्मनी भने इटलीलाई पेनाल्टीसुटआउटमा ६–५ ले पराजित गर्दै लगातार तेस्रो पटक सेमिफाइनल पुगेको छ। तर स्ट्राइकर मारियो गोमेज चोटका कारण प्रतियोगिताबाट बाहिरिनु, सामी केडिरा पनि चोटका कारण फ्रान्स विरुद्ध खेल्न नसक्नु, माट्स हुमेल्स निलम्वनमा पर्नुले जर्मनीलाई फ्रान्स विरुद्ध खेल्दा केही घाटा पर्नेछ।

यता फ्रान्सको भने सबै खेलाडी फिट छन् र निलम्नबमा परेको मिडफिल्डर एन गोलो कान्टे र डिफेन्डर एदिल रामी पनि टोलीमा फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell