
काठमाडौं : २०७२ सालको मदन पुरस्कारका लागि सात वटा उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरिएको छ।
मदन पुरस्कार गुठीले पुरस्कारका लागि प्राप्त पुस्तकमध्ये सात वटालाई २०७२ सालदेखि 'श्रेष्ठ सूची'को रुपमा सार्वजनिक गर्ने निर्णय गरेको थियो। त्यसका लागि गठन भएको छनोट समितिको मूल्यांकनका आधारमा उत्कृष्ट सात पुस्तकलाई सार्वजनिक गरिएको गुठीका सदस्य सचिव कुन्द दीक्षितले जानकारी दिए।
आज सार्वजनिक यिनै पुस्तकमध्येबाट सर्वश्रेष्ठ एकलाई २०७२ को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ।
मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकहरु-
१. आमोई : भुवनहरि सिग्देल
२. ऐना : रामलाल जोशी
३. चीरहरण : नीलम कार्की निहारिका
४. निर्वाण : घनश्याम खड्का
५. प्रश्नहरूको कारखाना : सरिता तिवारी
६. फिरफिरे : बुद्धिसागर
७. सिमानाका रङ्ग सिमानाका तरङ्ग : दामोदर पुडासैनी ‘किशोर’