PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

पोर्चुगलविरुद्ध खेल्न आफ्नो विवाह नै स्थगित गर्ने यी स्टार



पहिलोपोस्ट

पोर्चुगलविरुद्ध खेल्न आफ्नो विवाह नै स्थगित गर्ने यी स्टार

जति वेल्सको चर्चा हुन्छ, उति नै वेल्सका खेलाडीको पनि चर्चा हुन्छ। खेलका कारण चर्चित हुनु स्वभाविक पनि हो। वेल्स युरोकपको पहिलो सहभागितामै सेमिफाइनल पुग्न सफल भयो।
 
वेल्सका जोए लेड्ली खेलका कारण जति चर्चित छन् उति नै चर्चा उनको अन्य कारणले हुने गरेको छ।
 
उनको फरक डान्स स्टाइल पनि फ्रान्समा जारी २०१६ युरोकपमा चर्चित बन्यो। सुरुमा खेल त्यसपछि आफ्नो डान्सिङ स्टाइलका कारण चर्चित बनेका वेल्सका लेड्ली फेरि चर्चामा आएका छन्। यो पटक खेल र डान्स नभएर विवाहका कारण उनी चर्चामा आएका छन्।
 
खास कारण के भने लेड्लीले पोर्चुगलसँग हुने सेमिफाइनल खेलका लागि आफ्नो विवाह नै स्थगित गरेका छन्।
 
इंग्लिस क्लब क्रिस्टल प्यालेजबाट खेल्ने २९ वर्षे खेलाडी लेड्लीको जुलाई ९ मा रुवी मे रिड्जवेसँग विवाह हुने कार्यक्रम तय थियो। तर वेल्स उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेपछि उनले आफ्नो विवाहभन्दा पनि टीमको खेललाई महत्व दिएको देखिन्छ।
 
लेड्लीका टीममेट गारेथ बेलले उक्त विग डे फेरि तोकिने बताएका छन्।
 
वेल्सले युरो सेमिफाइनलमा बुधबार राति पोर्चुगलसँग खेल्दैछ। पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको वेल्सले क्वाटफाइलमा विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई ३–१ ले हराएको थियो।
 
लेड्लीले आफ्नो विवाह मिति सार्दा वेल्सका अर्का खेलाडी क्रिस गुन्टर पनि आफ्नो दाजुको विवाह समारोहमा जान नपाउने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell