PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

चितवनको घैलाघारीमा हात्ती आतंक : बालिका घाइते, प्रशासनको बेवास्ता



पहिलोपोस्ट

चितवनको घैलाघारीमा हात्ती आतंक : बालिका घाइते, प्रशासनको बेवास्ता

  • सरिता पौडेल
चितवन : चितवनको नारायणी नगरपालिका-१० स्थित जगतपुर घैलाघारीमा हात्ती आतंकले स्थानीय त्रसित छन्।
 
तीन दिन अघिदेखि गाउँ पसेको हात्तीले घर भत्काउने, अन्नबाली खाने मात्र होइन स्थानीयलाई समेत घाइते बनाएको छ। गएराति जंगली हात्तीले एउटा घर भत्काउनुका साथै एक जनालाई घाइते बनाएको छ।
 
दुर्गाबहादुर गुरुङको घर भत्काउनुका साथै उनकी छोरी १३ वर्षिया छोरी ऋतुलाई हात्तीले आक्रमण गरी घाइते बनाएको स्थानीयले बताएका छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
 
हात्तीले पटक-पटक गाउँ पसेर आतंक मच्चाउँदा समेत निकुन्ज र स्थानीय प्रशासनले बेवास्ता गरेको स्थानीय रामनारायण बाँस्तोलाले गुनासो गरे। हात्तीलाई गाउँ पस्नवाट रोक्न र गाउँलेको सुरक्षाको ग्यारेन्टी गर्न स्थानीयहरुले माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell