
नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्नका लागि बेलायतको मेरिलिवोन क्रिकेट क्लब एमसीसीले पनि आफ्नो टोली घोषणा गरेको छ।
एमसीसीको वेबसाइटमा उल्लेख भएअनुसार उसले प्लेइङ एलेभेन नै घोषणा गरेको हो। नेपालले पनि एमसीसीसँग खेल्नका लागि १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।
नेपाल र एमसीसीबीच आगामी साउन ४ गते लर्डसमा प्रतिस्पर्धा हुनेछ। एमसीसीको कप्तानी किथ डचले गर्नेछन्। ४३ वर्षे डच काउन्टी क्रिकेट क्लब डिमलसेक्स र समरसेटका पूर्वखेलाडी समेत हुन्। डचसँगै एमसीसीको टोलीमा ग्लेन फिलिप्स, जेम्स ओभरे, क्लिन्टन पेरेन, माइक कोल्स, स्टिभ क्लार्क, जर्ज एडइर, रिचर्ड विलकिनसन, चार्ड बारेट, मार्क रेइनगोल्ड र एलेकस सेनेक छन्।
ग्लेन फिलिप्स र सन्दीपको फेरि भिडन्त
बंगलादेशमा सम्पन्न यु १९ विश्वकपमा एकापसपमा भिडेका न्युजिल्याण्डका ग्लेन फिलिप्स र नेपालका युवा स्पिनर सन्दीपबीच पुन: भिडन्त हेर्न पाइने भएको छ।गत जनवरीमा भएको युवा विश्वकप अन्तर्गत समूह चरणको खेलमा नेपालले न्युजिल्याण्डलाई पराजित गर्दा फिलिप्सले ५२ रन जोडेका थिए। सन्दीपले भने उक्त खेलमा एक विकेट हात पारेका थिए।
फिलिप्स एमसीसीका सबैभन्दा कान्छा खेलाडी समेत हुन्।