
नेपालका दुई क्रिकेट खेलाडीई विदेशमा खेल्ने अवसर मिलेको छ। ब्याट्सम्यान नरेश बुढाएर र लेफ्ट आम स्पिनर सुशन भारीलाई विदेशमा खेल्ने मौका मिलेको हो।नरेश क्यानडा र सुशन इंगल्याण्डमा खेल्न जान लागेका हुन्।
नरेश क्यानाडको टोरोन्टोमा रहेको ब्लुमफिल्ड क्रिकेट एकेडेमीका लागि ओभरसिज खेलाडीको रुपमा छनोट भएका हुन्। अक्टोबर सम्म उक्त क्लबमा रहने नरेशलाई क्लबले खाने, बस्ने र फर्कने फ्लाइट टिकको समेत व्यवस्था गरेको नेपाल क्रिकेट खेलाडी संघले बताएको छ।
नरेशलाई खेलाडी संघ र नेपालको लागि कन्सलटेन्ट कोचका रुपमा रहेका पुवुदु दासानायकेको सहयोगमा क्यानडामा खेल्ने व्यवस्था मिलाइएको हो।
यस्तै सुशन क्रोनवेलमा रहेको फलमाउट क्रिकेट क्लब ओभरसिज खेलाडीको रुपमा खेल्न जान लागेका हुन्। सेप्टेम्बरसम्म क्लबमा रहने उनलाई क्लबे खाने, बस्ने र फर्कने फ्लाइट टिकटको व्यवस्था गरेको खेलाडी संघले जनाएको छ। सुशन खेलाडी संघकै पहलामा इंगल्याण्ड जान लागेका हुन्।
नरेश र सुशन दुवै खेलाडी आगामी जुलाई ६ मा त्यसतर्फ प्रस्थान गर्नेछन्।