PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

कांग्रेस महामन्त्री शशांक कोइराला भेन्टिलेटरमा



पहिलोपोस्ट

कांग्रेस महामन्त्री शशांक कोइराला भेन्टिलेटरमा

काठमाडौं : स्वास्थ्यमा समस्या देखिएपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई भेन्टिलेटरमा राखिएको छ।

गएराति खाना सर्किएपछि उनमा समस्या देखिएको थियो। श्वासप्रश्वासमा समेत असहज भएपछि उपचारका लागि उनलाई राति ८ बजे चाबहिलको ओम अस्पताल पुर्‍याइएको थियो। चेकअप र एक्सरे गर्दा उनको फोक्सोको एक भागमा निमोनिया देखिएको चिकित्सकले बताएका छन्।

श्वासप्रश्वासमा समेत समस्या देखिएपछि अहिले बिहानबाट उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले जानकारी दिइन्।

उनको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता र शुभचिन्तकहरु अस्पताल पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell