PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

अस्पताल पुगेका प्रधानमन्त्रीले भने- 'सरकारले उपचारका लागि सक्दो सहयोग गर्नेछ'



पहिलोपोस्ट

अस्पताल पुगेका प्रधानमन्त्रीले भने- 'सरकारले उपचारका लागि सक्दो सहयोग गर्नेछ'

काठमाडौं : ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न गएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सहयोग गर्ने बताएका छन्।
 
प्रधानमन्त्री ओलीले चिकित्सकहरुलाई आवश्यक परे विदेशी डाक्टरसँग पनि भिडियो कल गरेर जानकारी लिन निर्देशन दिए।
 
श्वासप्रश्वासमा समेत समस्या देखिएपछि अहिले बिहानबाट कोइरालाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको छ। गएराति खाना सर्किएपछि ५८ वर्षीय कोइरालामा समस्या देखिएको थियो। श्वासप्रश्वासमा समेत असहज भएपछि उपचारका लागि उनलाई राति नै अस्पताल पुर्‍याइएको थियो। एक्सरे गर्दा उनको फोक्सोको एक भागमा निमोनिया देखिएको चिकित्सकले बताएका छन्।


उपचारमा डा. भगवान कोइराला र अर्जुन केसीको नेतृत्वमा १५ सदस्यीय टोली तयार गरिएको छ।
 
कोइरालाको स्वास्थ्यबारे जानकारी लिन कांग्रेस सभापति शेरबहादुर देउबा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु अस्पताल पुगेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell