PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

कांग्रेस महामन्त्री शशांकको अवस्था सुधारोन्मुख, पत्नी भन्छिन्- 'अहिले बाहिर लैजान मिल्दैन'



पहिलोपोस्ट

कांग्रेस महामन्त्री शशांकको अवस्था सुधारोन्मुख, पत्नी भन्छिन्- 'अहिले बाहिर लैजान मिल्दैन'

काठमाडौं : बिहानदेखि भेन्टिलेटरमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन्।
 
श्वासप्रश्वासमा समस्या देखिएपछि बिहानदेखि भेन्टिलेटरमा राखेर चिकित्सक टोली उनको उपचारमा खटिएको छ। 'अहिले उहाँ आफैं पिसाब गर्न सक्ने अवस्थामा हुनुहुन्छ,' डा. हरिकिशोर श्रेष्ठले भने, 'ब्लडप्रेसरमा पनि सुधार आइरहेको छ।' उनका अनुसार अहिले प्रेसर ९०/६० छ। बिहान भने उनको प्रेसर घटेर ६०/४० पुगेको थियो। उनमा वान्ता हुने समस्या पनि देखिएको थियो।   
 
५८ वर्षे उनको उपचारमा डा. भगवान कोइराला र अर्जुन केसीको नेतृत्वमा १५ सदस्यीय टोली तयार गरिएको छ।
 
गएराति खाना सर्किएपछि कोइरालाले वान्ता गरेका थिए। श्वासप्रश्वासमा समेत असहज भएपछि उनलाई राति नै अस्पताल पुर्‍याइएको थियो।
 
उनलाई थप उपचारका लागि बाहिर लाने कुरा भइरहे पनि चिकित्सकले अहिले भेन्टिलेटरमा उपचार भइरहेकोले नमिल्ने बताएका छन्। कोइरालाकी पत्नी तथा ओम अस्पतालकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ सुपात्रा कोइरालाले पनि थप उपचारका लागि बाहिर लैजाने निर्णय नभएको बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell