काठमाडौं : गायक पुष्कर सुनुवार र गायिका मेलिना राईको स्वर रहेको ‘दिन अनि रातमा तिमी नै तिमी’ बोलको युगल गीत सार्वजनिक भएको छ। पुष्कर स्वयम्को संगीत र एरेन्ज रहेको यो मधुर गीतले प्रेमभाव झल्काउँछ।
शंकर अधिकारीको शब्द रहेको गीतको भिडियोमा ‘भद्रगोल’की अभिनेत्री रक्षा श्रेष्ठले अभिनय गरेकी छिन्। उनलाई रविले साथ दिएका छन्। अजय रेग्मीले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने भिडियो निर्देशन युवराज वाइबाको रहेको छ।
गायिका मेलिना पछिल्लो समय पार्श्व गायनमा जमिरहेकी छिन् भने आधुनिक गायनमा सम्भावना बोकेका गायक हुन् पुष्कर। तर, उनी गीत एरेन्जरका रुपमा बढी परिचित छन्।
हेर्नुस् रोमान्टिक भिडियो-