PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

शशांकलाई भेट्न अस्पतालमा नेताको भिड



पहिलोपोस्ट

शशांकलाई भेट्न अस्पतालमा नेताको भिड

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझ्न प्रमुख राजनीतिक दलका नेताहरु ओम अस्पतालमा पुग्नेक्रम जारी छ। आज बिहानदेखि भेन्टिलेटरमा राखेर कोइरालाको उपचार भइरहेको छ।

उनको थप उपचारका लागि दिल्ली लैजाने नेताहरुको प्रस्ताव अस्पतालले अस्वीकार गरेको छ। उनकी पत्नी डाक्टर सुपात्रा कोइरालाले पनि उनलाई भेन्टिलेटरबाट निकाल्न नहुने बताएकी छिन्।

कोइरालालाई भेट्न पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायत शीर्ष तहका नेता उपस्थित छन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उप प्रधान तथा पराराष्ट्रमन्त्री कमल थापा पनि अस्पताल पुगेर उनको पछिल्लो अवस्थाबारे बुझेका छन्। 

नेकपाका नेता माधवकुमार नेपाल र प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा लगायतका नेताहरु पनि अस्पताल पुगेका छन्।







 









 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell