PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​शशांकलाई भेटेपछि सुजाताको आँखामा आँशु



पहिलोपोस्ट

​शशांकलाई भेटेपछि सुजाताको आँखामा आँशु

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई हेर्न पुगेकी सुजाता कोइराला फर्किँदा गहभरि आँशु बोकेर फर्किइन्। ओम अस्पताल चाबहिलमा उनी भावुक देखिएकी थिइन्।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शशांक र सुजाता दुवै एकै पदमा प्रत्यासी बन्ने तय थियो। एकै परिवारका दुई जनाबीच राजनीतिक प्रतिस्पर्धा हुँदा परिवारको शक्ति इन्ट्याक्ट राख्न कठिन हुने भएकाले आफ्नो उम्मेदवारीलाई स्थगित गरेर शशांकका पक्षमा लबिङ थालेकी थिइन् उनले।

शशांकको आज बिहानबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उनलाई हेरेपछि गहभरि आँशु बोकेर सुजाता फर्केकी थिइन्। उनले आँशु थाम्नसमेत सकिनन्।

उपचारमा संलग्न चिकित्सकले उनको अवस्थामा सुधार भइरहेको जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell