काठमाडौं : नेपाल टेलिकमले २०६२/६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपङ्गता भएका व्यक्तिहरुलाई नि:शुल्क प्रिपेड सिम र रिमकार्ड दिने भएको छ।
टेलिकमको सिम तथा रिम पाउनका लागि जनाआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्र सहित एकप्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ।
शारीरिक अपांगता भएका व्यक्तिहरुले भने महिला, बालबालिका तथा समाज कल्याण परिषदबाट जारी परिचयपत्र र रातो कार्डसहित एकप्रति फोटो र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ। उनीहरुले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई यस्तो सुविधा लिन सक्ने टेलिकमले जनाएको छ।
टेलिकमले आगामी माघ महिनासम्म लागू हुनेगरी यो योजना ल्याएको हो।