PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अर्जेन्टिनी फुटबल टीमका प्रशिक्षक जेरार्ड मार्टिनोद्वारा राजीनामा



पहिलोपोस्ट

अर्जेन्टिनी फुटबल टीमका प्रशिक्षक जेरार्ड मार्टिनोद्वारा राजीनामा

अर्जेन्टिनी राष्ट्रिय फुटबल टीमका प्रशिक्षक जेरार्ड मार्टिनोले आफ्नो पदबाट राजिनामा दिएका छन्।
 
कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको एक सातापछि ५३ वर्षीय मार्टिनोले राजीनामा घोषणा गरेका हुन्। यसअघि नै कप्तान लियोनल मेसीले अर्जेन्टिनी टीमबाट नखेल्ने घोषणा गरिसकेका छन्।
 
अर्जेन्टिनी फुटबल संघले निर्णय लिन नसक्नु, ओलम्पिक फुटबलका लागि खेलाडी छनोटमा ठूलो समस्या देखिएको भन्दै राजीनामा दिएको मार्टिनोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 
मार्टिनोले सन् २०१४ अगस्टदेखि अर्जेन्टिनी टीम सम्हालेका थिए। उनको प्रशिक्षणमा अर्जेन्टिना लगातार दुई पटक कोपाको फाइनलमा पुगे पनि उपाधि जित्नबाट वञ्चित रह्यो।
 
उनको प्रशिक्षणकालमा अर्जेन्टिनाले खेलेको २९ खेलमध्ये १९ मा जित हात पारेको छ भने ७ खेल बराबरीमा सकिएका छन्। ३ खेलमा भने अर्जेन्टिना पराजित भएको थियो।
 
मेसीले सन्यास लिने घोषणा गरेलगत्तै वर्तमान अर्जेन्टिनी टोलीका केही खेलाडीले पनि सन्यास लिन सक्ने जानकारी बाहिर आएको थियो तर अहिलेसम्म कुनै पनि खेलाडीले आधिकारिक रुपमा बोलेका छैनन्।
 
आगामी अगस्ट ३ देखि ब्राजिलको रियोमा हुने ओलम्पिक फुटबलको लागि १८ सदस्यीय टोली छनोट गर्न मार्टिनो संघर्षरत थिए। क्लबहरुले खेलाडी रिलिज गर्न इच्छा नदेखाएपछि मार्टिनो रुष्ट बनेको अर्जेन्टिनी मिडियाहरुले लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell