PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

मेस्सीलाई २१ महिना जेल सजाय



पहिलोपोस्ट

मेस्सीलाई २१ महिना जेल सजाय

अर्जेन्टिनी नागरिक तथा बार्सिलोनाबाट फुटबल खेल्ने लियोनेल मेस्सीलाई ट्याक्स छलेको आरोपमा २१ महिनाको जेल सजाय सुनाएको स्पेनी मिडियालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

कोर्ट अफ बार्सिलोनाले मेस्सी र उनका पितालाई २१ महिने जेल सजाय सुनाएको हो। सन् २००७, २००८ र २००९ मा फोटो अधिकार बेचेर प्राप्त नाफाबाट स्पेनमा कर नतिरेको भन्दै उनीहरुलाई यो सजाय सुनाइएको हो। 

तर मेस्सी वा उनका पिताले अहिले नै जेल जानु भने पर्ने छैन। यो फैसलालाई स्पेनको सर्वोच्च अदालतमा चुनौती दिन सकिनेछ। 

त्यसैगरी स्पेनको कानुन अनुसार २ वर्षभन्दा कम सजायलाई प्रोबेसनमा बसेर पूरा गर्न सकिन्छ। अदालतले मेस्सीलाई २० लाख युरो र उनका पितालाई १५ लाख युरो जरिवना तिर्न पनि भनेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell