PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

बजारमा शुक्रराज शास्त्रीको चस्मा



पहिलोपोस्ट

बजारमा शुक्रराज शास्त्रीको चस्मा

काठमाडौं : राजेन्द्र पराजुलीद्वारा लिखित कथा संग्रह 'शुक्रराज शास्त्रीको चस्मा' बुधबारबाट सार्वजनिक भएको छ।
 
यो उनको चौथो कथाकृति हो। २० कथा संगृहीत संग्रहका अधिकांश कथाहरूको अन्तर्वस्तु समकालीन राजनीतिका कुरूपता र जडताहरूको केन्द्रबाट टिपिएको छ।

राजनीतिक कथाका कुशल शिल्पी पराजुलीले वर्तमान समयका अनन्त विसङ्गतिहरूप्रति कडा आलोचकीय दृष्टि राखेका छन्, कथामार्फत। आजको बदलिँदो समाज, फेरिँदो सौन्दर्य र भत्किँदो सङ्क्रमणलाई जीवन्त बिम्बहरूलाई उनले उतारेका छन्। साहित्यको समाजशास्त्र र सांस्कृतिक रूपान्तरणका बहुआयामहरूलाई यी कथाहरूले अत्यन्त निकटबाट विश्लेषण गरेका छन्।
 
'कथाहरूको संसार बार्दलीबाट हेरिएको संसार होइन, भोगिएका सत्यहरूबाट निर्मित अनुभूतिको संसार हो,' कथाकार पराजुली भन्छन्, 'आवाजविहीन र किनारीकृत मान्छेहरूको आवाजको खोजी गर्नु नै मेरा कथाहरूको मूल अभीष्ट हो।'
 
नेपाली साहित्य तथा पत्रकारितामा पनि उनी स्थापित छन्। उनका 'विकल्प यात्रा', 'जाडोमा भोक' र 'सपनामा मार्क्स'  जस्ता कथा सङ्ग्रह, 'अनायिका' उपन्यास तथा 'भ्रष्ट संवेदना' कविता सङ्ग्रह प्रकाशित छन्।
 
सांग्रिला बुक्सले छापेको यो संग्रहको मूल्य २५० रुपैयाँ रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell