PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

सफरमा तीन साथीको अद्भुत यात्रा-कथा



पहिलोपोस्ट

सफरमा तीन साथीको अद्भुत यात्रा-कथा

काठमाडौं : जीवनलाई यात्रासँग तुलना गर्नेहरु धेरै छन्। जीवनमा गरिने यात्रा कति योजनाअनुरुप हुन्छन् त कति बिनायोजना। यात्रा दौरानमा भएका कतिपय घटनाहरु सम्झनयोग्य र सधैंका लागि अविस्मरणीय पनि रहन्छन्।
 
युभा फिल्मसको ब्यानरमा निर्माण गरिएको फिल्म 'सफर'मा तीन साथीले तय गर्ने यात्राको कथा समावेश छ। यात्राको क्रममा साथीहरुबीचको अविस्मणीय क्षण, उतारचढाव लगायत विभिन्न रियल घटना सफरमा पाउन सकिन्छ। सफरको फस्ट लुक र टिजर भरखरै सार्वजानिक गरिएको छ। यसको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो।
 
फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भूमिकामा देख्न सकिन्छ। आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको सफरमा केशव खड्काको कथा रहेको छ।
 
असोज १४ बाट देशैभरि प्रर्दशनमा आउने फिल्ममा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको म्युजिक सुन्न सकिन्छ। गीत भने उत्तम भौकाजी, अर्जुन सुवेदी र उज्वल मेघी गुरुङले लेखेका हुन्।

सफरको फर्स्ट लुक यस्तो- 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell