PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

१५ फोटोमा हेर्नुस् इदको उल्लास

१५ फोटोमा हेर्नुस् इदको उल्लास

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : मुस्लिम धर्मावलम्बीले आज इदउल्ल फित्र उत्साहका साथ मनाइरहेका छन्। एक महिने रमजानको अवधि पूरा भएको रात चन्द्रमाको अवलोकनपछि भोलिपल्ट यो पर्व मनाउने गरिन्छ।
 
देशका विभिन्न ठाउँमा रहेको मस्जिदमा आज बिहानैदेखि मुस्लिम धर्मावलम्बीहरुको भिड लागेको छ। काठमाडौंमा भने घन्टाघर नजिकको जामे मस्जिदमा विशेष भिड देख्न सकिन्छ। पर्वको अवसरमा बिहानै नयाँ कपडा लगाएर मस्जिद वा इदगाहमा पुगेर उनीहरु अल्लाहलाई नमाज अदा गरी एकापसमा गला मिलाएर शुभकामना आदान–प्रदान गर्छन्।

 
अरबी पात्रोअनुसार दसौं महिनाको पहिलो दिन बिहीबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यसलाई उल्लासपूर्वक मनाइन्छ। यही चाडमा उनीहरु आफन्त, इष्टमित्रलाई बोलाई विभिन्न परिकार खुवाउँछन्। गरिब दीनदु:खीलाई कपडा तथा नगद पनि दान गर्ने चलन छ।

फोटोमा हेर्नुस् इदको उल्लास-



ट्रेन्डिङ पोस्ट

Ncell