PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

​बंगलादेशमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीमाथि बम प्रहार



पहिलोपोस्ट

​बंगलादेशमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीमाथि बम प्रहार

बंगलादेशमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीहरु माझ बम प्रहार हुँदा कम्तीमा एक जना प्रहरीको ज्यान गएको छ। देशको सबैभन्दा धेरै मानिस इद मनाउन भेला हुने स्थानमा बम प्रहार भएको हो।

बम प्रहारबाट ६ जना गम्भीर घाइते भएको बंगलादेशको पत्रिका द डेल्ली स्टारले जनाएको छ।

हमला शोलाकियाको इदगाह भन्ने मैदानमा भएको थियो। त्यहाँ नमाज पढ्नका लागि ३ लाख भन्दा धेरै मुस्लिमहरु भेला भएका थिए। घटना ढाकाबाट ८० किलोमिटरको दुरीमा रहेको किशोरजंग जिल्लामा भएको हो।

नमाज पढ्न मानिसहरुले सुरू गर्न अघि बम प्रहार भएको थियो। प्रहरीले अहिले उक्त स्थानमा अश्रुग्यास प्रहार गरी भिडलाई तितरबितर पार्ने प्रयास भइरहेको।
 
सोही घटनामा भारतीय टेलिभिजन आजतकको अनलाइनले दुई प्रहरी र एक आक्रमणकारी समेत मारिएको लेखेको छ।

फोटो : aajtak.in
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell