PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शशांकको स्वास्थ्यलाभका लागि ११ वटुकले गरे शंखध्वनि सहित स्वस्ति-शान्ति



सविन ढकाल

शशांकको स्वास्थ्यलाभका लागि ११ वटुकले गरे शंखध्वनि सहित स्वस्ति-शान्ति

काठमाडौं : राजधानीको चाबहिलस्थित ओम अस्पतालको भेन्टिलेटरमा छन्, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला।
 
बाहिर भने शंखध्वनि सहित स्वस्ति-शान्ति भइरहेछ। ११ जना वटुकहरु कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। उनीहरु बिहानै गोकर्ण मन्दिरबाट आएका हुन्। अस्पताल पुग्ने अरु पनि कोइरालाको अवस्थाप्रति चिन्तित देखिन्छन् र सफल उपचारको कामना गरिरहेका छन्।
 
मंगलबार रातिदेखि अस्पतालमा भर्ना भएका उनी बुधबार बिहान अचेत भएपछि भेन्टिलेटरमा राख्नुपरेको थियो। उनको यस्तो खबर सुनेपछि बुधबार दिनभर विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति र सर्वसाधारण अस्पताल पुगेर कोइरालाको अवस्थाबारे जानकारी लिए।
 
अहिले भरखरै कांग्रेस सभापति शेरबहादुर देउवा पनि अस्पताल आइपुगेका छन्।

 
बिहान सञ्चारकर्मीहरुलाई जानकारी दिँदै चिकित्सकहरुले उनको स्वास्थ्यमा हिजोभन्दा सुधार देखिएको बताएका छन्। हिजोसम्म उनलाई प्रेसर सन्तुलनमा ल्याउनका लागि कडा डोजका ४ किसिमका औषधि प्रयोग गरिएकोमा आजबाट आधा घटाइएको छ।

आज पनि बिहानैदेखि कोइरालाको स्वास्थ्य अवस्थाबारे बुझ्न आउनेहरुको संख्या बाक्लै देखिन्छ।

कोइराला चलमलाउन थालेका छन्। पल्याकपुलुक आँखा हेर्न थालेका छन्। सायद, शुभचिन्तकको प्रार्थना र वटुकको स्वस्ति-शान्तिले हो कि! 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell