PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

शशांकको स्वास्थ्यमा उल्लेख्य सुधार, औषधिको मात्रा घटाइयो



पहिलोपोस्ट

शशांकको स्वास्थ्यमा उल्लेख्य सुधार, औषधिको मात्रा घटाइयो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको होस पूर्ण रुपमा खुलेको छ। उपचारमा खटिएका चिकित्सकका अनुसार उनले मान्छे चिन्न थालेका छन् आँखा, हात चलमलाउन थालेको छ।
 
'हामीलाई अब धेरै आशा छ,' डा. लव नरसिंह जोशीले भने, 'सुधार राम्रो भइरहेको छ। यसरी नै प्रगति भए बेलुका या भोलि बिहानसम्ममा भेन्टिलेटरबाट झिक्न सकिन्छ।'
 
उनलाई दिइराखेको औषधिको डोज पनि अहिले कम गरिएको छ। प्रेसर सन्तुलनमा ल्याउनका हिजो उनलाई कडा डोजका ४ किसिमका औषधि प्रयोग गरिएकोमा बिहान आधा घटाइएको थियो। अहिले भने एउटा मात्र दिन थालिएको डा. जोशीले बताए।
 
मंगलबार रातिदेखि चाबहिलको ओम अस्पतालमा भर्ना भएका कोइरालालाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको हो। उनमा पेट, श्वासप्रश्वासमा समस्या छ। वान्ता गर्ने क्रममा फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण पनि देखिएको अस्पतालले जनाएको छ।

(पहिलोपोस्ट फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell