PahiloPost

Dec 22, 2025 | ७ पुष २०८२

प्रधानमन्त्री ओली भन्छन् - सरकार फेरिने होइन विस्तार हुँदैछ



पहिलोपोस्ट

प्रधानमन्त्री ओली भन्छन् - सरकार फेरिने होइन विस्तार हुँदैछ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तार हुने जनाएका छन्। अहिले ४२ जना मन्त्री रहेको सरकारमा कति जना थपिने उनले खुलाएका भने छैनन्।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने संकेतहरु सार्वजनिक गरेपछि सरकार फेरिने चर्चा चलेको थियो। सत्ता परिवर्तनको विषयलाई प्रधानमन्त्री ओलीले 'हल्ला' भन्दै सरकार परिवर्तन नहुने जनाएका छन्।

उनले ट्विट गर्दै भनेका छन् - हल्लै हल्लाले हल्लिने र त्यसैका पछि कुद्ने बानी परेको छ कतिपयलाई। सरकार परिवर्तनको हल्ला खुब चलेको छ। तर, सरकार परिवर्तन होइन विस्तार हुँदैछ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell