PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

युरो २०१६ मा छाप छोड्न सफल दुई 'राइजिङ स्टार'



पहिलोपोस्ट

युरो २०१६ मा छाप छोड्न सफल दुई 'राइजिङ स्टार'

काठमाडौैं : फ्रान्समा युरोकप २०१६ चलिरहेको छ। गत जेठ २८ गतेबाट सुरु भएको प्रतियोगितामा ५१ मध्ये ४९ खेल सकिसकेका छन् भने अब एक सेमिफाइनल र फाइनल खेल बाँकी छन्।
 
कसले उपाधि जित्ने हो भन्ने चर्चा चलिरहँदा खेलाडीको बारेमा पनि चर्चा सुरु हुन थालेको छ। को हिट भए, को फ्लफ भए? युवा खेलाडीमध्ये कसले आफ्नो प्रतिभा देखाउन सके?
 
हामी जारी युरोकपमा आफ्नो छाप छोड्न सफल दुई खेलाडीको चर्चा गर्दैछौं।
 

जोसुअ किमिच, जर्मनी


जोसुअ किमिच जर्मनीका युवा फुटबलर हुन्। २१ वर्षको उमरेमै भर्सटाएल खेलाडीका रुपमा परिचित किमिच जर्मन क्लब वायर्न म्युनिखका लागि खेल्नछन्। गत वर्ष मात्र आर पी लेइपिगबाट उनी वायर्न पुगेका थिए। वायर्न गएकै वर्ष उनले जर्मन बुण्डेशलिगा र जर्मन कपको उपाधि जितिसकेका छन्।
 
युरोकप २०१६ को सुरुवाती दुई खेलमा अवसर नपाएका किमिचले त्यसपछिका तीन वटै खेलमा पुरा समय मैदानमा बिताए। इटली विरुद्धको क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा किमिचकले पनि गोल गरेका थिए।
 
सन् २०११ मा यु १७ टीमबाट जर्मनीका लागि खेल्न थालेका किमिचले त्यसपछि यु१८ यु १९ र यु २१ उमेर समूहबाट समेत खेलिसकेका छन्।
 
जर्मनी युवा टीमका प्रशिक्षक होस्ट हुबेसले किमिचको भर्सटाएलीटीलाई प्रशंसा गर्दै भनेका छन्, 'अट्याकिङ र डिफेन्सिभ दुवै रोलमा किमिचको एकदमै उच्च क्षमता र भर्सटायल छ।' बास्टिन स्वाइन्सटाइगरलाई उनी आफ्नो इन्पिरेसन मान्छन्।
 
नेपाली फुटबल विश्लेषक नवीन पाण्डे भने उनको प्रदर्शनलाई ब्राजिल पूर्व लेफ्ट ब्याक रोबर्टो कार्लोससँग तुलना गर्छन्। 'किमिच कार्लोस स्टाइलमा खेल्छन्, जथाभावी खेल्दैनन्,' उनले भने, 'बल रोकेर एक्सन देखाएर खेल्छन्। कार्लोससँग सिमिलिारिटिज छ, जेन्टल छ। टीममा राम्रो स्टारको रुपमा देखिएको छ।'
 
 

रेनाटो सान्चेज, पोर्चुगल


युरोकप २०१६ मा टीन स्टारका रुपमा उदाएका खेलाडी हुन्, पोर्चुगलका रेनाटो सान्चेज। भर्खरै १८ वर्ष मात्र भएका सान्चेजले जारी युरोकपमा भने गज्जबको प्रदर्शन गरिरहेका छन्।
 
आगामी सिजनबाट किम्मिचकै साथी हुने सान्चेज युरोकप सुरु हुनुअगाडि मात्र पोर्चुगिज क्लब वेनफिकाबाट जर्मन क्लब वायर्नमा आबद्ध भएका हुन्।
 
युरोकपका ६ मध्ये ३ खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सान्चेजले क्वाटरफाइनलमा पोल्याण्डविरुद्ध भने सुरुवातदेखि नै खेलेका थिए।
 
पोल्याण्डविरुद्ध खेलको दोस्रो मिनेटमै पछि परेको अवस्थामा सान्चेजले २३ औं मिनेटमा बराबरी गोल गरेका थिए। यस्तै पेनाल्टी सुटआउटमा पनि सान्चेजले गोल गरे। पोल्याण्डविरुद्ध पहिलो रोजाइमै मैदान उत्रेका सान्चेजले पोर्चुगलका लागि सबैभन्दा कम उमेरमा मुख्य प्रतियोगिता पहिलो रोजाइमा खेल्ने रोनाल्डोको रकेर्ड तोडेका थिए।
 
सान्चेजले सेमिफाइनलमा पनि वेल्सविरुद्ध पहिलो रोजाइमै खेलेका थिए।
 
क्रोएसिया विरुद्धको प्रिक्वाटरफाइनलमा खेलको दोस्रो हाफमा सान्चेज मैदान छिरेपछि पोर्चुगलको खेल नै सुध्रिएको थियो।
 
समूह चरण अन्तर्गत आइसल्याण्ड र हंगेरी विरुद्धको खेलमा पनि वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका सान्चेजले अष्ट्रियाविरुद्ध भने खेल्ने अवसर नै पाएनन्।
 
विशलेषक पाण्डे युरोकप खेल्ने नयाँ खेलाडीमा सान्चेज राम्रो खेलाडीका रुपमा आएको बताउँछन्। 'भविष्यमा केही देखाउँछन् जस्तो लाग्छ, वायर्नले छानेपछि देअर मस्ट वी समथिङ इन सान्चेज,' पाण्डे भन्छन्।
 
पुरा नाम रेनाटो जुनियर लेज सान्चेज रहेका उनले गत मार्चमा बुल्गेरियाविरुद्ध पोर्चुगलका लागि डेब्यु गरेका थिए। पोर्चुगलका लागि १५ खेल खेलेका सान्चेजले २ गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell