PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​सरकारका विषयमा यस्तो छ माओवादी केन्द्रको निर्णय



पहिलोपोस्ट

​सरकारका विषयमा यस्तो छ माओवादी केन्द्रको निर्णय

काठमाडौँ  : नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठकले नेकपा एमालेसँग सरकारका विषयमा भएको सहमति र समझदारीलाइ कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्ने निर्णय गरेको छ। 

यद्यपि कस्तो सहमति र समझदारी कार्यान्वयन भन्ने विषयमा भने माओवादीले केही पनि खुलाएको छैन। 

गएको वैशाख २३ मा एमाले र एमाओवादीबीच सत्ता साझेदारी कायम राख्न ९ बुँदे समझदारी भएको थियो। 

माओवादीले बजेट पारित भएपछि एमालेले सत्ता छाड्ने र माओवादीले नेतृत्व लिने भद्र समझदारी भएको तर्क समेत गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने भद्र सहमतिको प्रस्ताव मात्रै आएको र त्यसलाई आफूले अस्वीकार गरेको जिकिर गर्दै आएका छन्।  

यसअघि माओवादीको स्थायी समिति बैठकले सरकार परिवर्तनका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। 

शान्ति प्रक्रिया सम्बन्ध विषय, पुनर्निमाण, आन्दोलनरत मधेशी, थारु र जनजाति जनताका सकारात्मक माग सम्बोधन गर्न र विभिन्न तहका निर्वाचन सम्पन्न गर्न राष्ट्रिय राजनीतिक सहमति र सहमतिको सरकार जरुरी भएको निष्कर्षमा पार्टी पुगेको तथा त्यसको पहलकदमी पार्टीले लिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell