PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​१४ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता असोजमा, विजेतालाई ५ लाख



पहिलोपोस्ट

​१४ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता असोजमा, विजेतालाई ५ लाख

काठमाडौं : देशकै सर्वाधिक पुरस्कार राशिको शारीरिक सुगठन प्रतियोगिता आगामी असोजमा आयोजना हुने भएको छ।

‘चौधौँ संस्करणको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता–२०७३’ असोज १३ र १४ गते काठमाडौंमा हुने आयोजक नेपाल व्यायाम मन्दिरले बताएको छ। १३ गते प्रि जजिङ राउण्ड र १४ गते फाइनल राउण्डका प्रतिस्पर्धा हुनेछन्।

प्रतियोगितामा धर्मश्री च्याम्पियन बन्नले नगद ५ लाख प्राप्त गर्नेछ। यस वर्षको प्रतियोगिताका लागि ३४ लाखभन्दा बढी अनुमानित खर्च रहेको आयोजकले जनाएको छ। 

सहिद धर्मभक्त माथेमाका स्मृतिमा विसं २०४२ देखि सुरु भएको सो प्रतियोगितामा यस वर्ष करिब ४०० खेलाडीले सहभागिता जनाउनेछन्।  तीमध्ये प्रत्येक तौल समूहबाट समान दुई खेलाडी छनोट प्रतियोगिताबाट आउनेछन्। 

राष्ट्रव्यापी खुला रुपमा सञ्चालन हुने प्रतियागितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीभन्दा बढी गरी सात तौल समूहमा स्पर्धा हुनेछ जसमध्ये ‘ओभर–अल’ रुपमा धर्मश्री विजेताले रु पाँच लाख प्राप्त गर्नेछन्। त्यस्तै दोस्रोले रु दुई लाख, तेस्राले रु एक लाख, चौथाले रु ८० हजार, पाँचौंँले रु ७५ हजार, छैटौँले रु ६० हजार र सातौँले रु ५० हजार पाउनेछन्।
 
त्यसैगरी तौल समूहमा दोस्रो हुने सात जनाले जनही रु २० हजार र तेस्रो हुने सात जनाले जनही रु १५ हजार हात पार्नेछन्। 

व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले अर्को वर्षदेखि प्रतियोगितामा ‘बडी फिटनेस’, क्लासिक फिजिक, वुमन बडी फिटनेस जस्ता विधा समेटेर अन्तर्राष्ट्रियस्तरमा पु¥याइने आफूहरुको लक्ष्य रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell