PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

मर्डर ३ कि हिरोइन सारा लोरेन्टले किन सिकिन् नेपाली?



पहिलोपोस्ट

स्क्रिप्टकै बहानामा धेरैले फिल्म छाड्ने गर्छन्। आफ्नो रुची नभएको सब्जेक्ट अथवा भाषाकै कारण पनि फिल्म छाड्नेहरुको सूची लामो छ। तर यस्तै चुनौतीलाई सामना गर्दै मर्डर ३ कि हिरोइन सारा लोरेन्टले नेपाली भाषा सिकेकी छिन्। फिल्म इस्क क्लिकका लागि नेपाली भाषामा उनले संवाद बोल्नुपर्ने भएकाले उनले हिम्मत गरिन्- नयाँ भाषा सिक्न।

फिल्मका केही सिनमा दार्जलिङको रैथाने भाषा प्रयोग हुन्छ। त्यसमा साराले स्थानीयसँग कुरा गर्नुपर्छ जसका लागि नेपाली अनिवार्य हुन पुग्यो।
साराले नेपाली भाषा स्क्रिप्टको डिमान्डअनुसार नै सिकेकी हुन्।

उनलाई नेपाली सिक्न कठिन भने भएन र छिट्टै उनले लवज समातिहालिन्। सुरुमा त उनलाई नेपाली भाषा कठिन होला भन्ने लागेको थियो तर उनले छिटै आफूलाई अब्बल सावित गरिन्। फिल्मका धेरै हिस्सा दार्जलिङमा सुटिङ गरिएको छ। उनले संवादमात्र होइन त्यसको अर्थ बुझेर नै डायलग बोलेकी छिन् जसले उनको अभिनयलाई थप बलियो बनाएको छ।
 
अवस्था यतिसम्म भयो कि उनी स्थानीयसँग कुरा गर्दा पहिलेदेखि नै चिनेजानेको झै प्रस्तुत हुन सकिन्।

इस्क क्लिक प्रेम कथामा आधारित फिल्म हो जसमा अध्ययन सुमनले फोटोग्राफरको भूमिका र साराले उनको प्रेमिकाको रोल प्ले गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell