PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

हुप्पिल्यान्ड : २५ करोडमा बनेको चोभारको एम्युजमेन्ट पार्क जहाँ 'डायनोसर'को राज छ

हुप्पिल्यान्ड : २५ करोडमा बनेको चोभारको एम्युजमेन्ट पार्क जहाँ 'डायनोसर'को राज छ

उमेश पौडेल/पहिलोपोस्ट


काठमाडौं :  काठमाडौंसँगै जोडिएको कीर्तिपुरको चोभारमा २५ करोड लगानीमा अत्याधुनिक एम्युज्मेन्ट वाटरपार्क संचालनमा आएको छ।अल्टिच्युड इनोभेसन प्रालिले संचालनमा ल्याएको हुप्पिल्याण्ड एम्युज्मेन्ट वाटरपार्कमा बच्चादेखि वयस्कसम्मका लागि मनोरञ्जन गर्ने सकिन्छ।  

६० रोपनी क्षेत्रफलमा निर्माण भएको यो पार्क युरोप र अमेरिकामा रहेको जस्तै अवधारणामा निर्माण गरिएको छ। विदेशको एम्युज्मेन्ट पार्कको अवधारणामा निर्माण गरिएको कम्पनीकी प्रबन्धक प्रतिक्षा थापाले बताइइन्।
 
हामीले विदेशमा हुने जस्तै सबै प्रकारका गेम र पार्कजस्तै निर्माण गरेका छौं, उनले भनिन्, नेपाली उपभोक्ताले यहाँ आएपछि विदेशको एम्युज्मेन्ट पार्कको जस्तै अनुभव गर्न पाउनुहुनेछ। चोभारवाट दक्षिणकाली जाने बाटोको मोडमा नजिकै यो वाटरपार्क छ ।   यो वाटरपार्कमा ६ जनाले लगानी गरेका छन्।
 
तीन वर्षभन्दा मुनिका बच्चा र ६५ बर्षभन्दा माथिका वृद्धवृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको व्यवस्था गरिएको वस्नेतले जानकारी दिइन्। काठमाडौको कोलाहल जीवनवाट केही  भए पनि रमाइलो र तनावमुक्त हुन पार्क सहयोगी हुने उनले बताइन्। यो वाटरपार्कमा २३ भन्दा बढी खेलको व्यवस्था गरिएको छ। बर्षैभरी सञ्चालन गर्ने लक्ष्यका  साथ यो पार्क निर्माण गरिएको  कम्पनीले जनाएको छ ।
 

के–के छन् यो वाटरपार्कमा?

 काठमाडौंको बल्खुसँग जोडिएको रिङरोडबाट पाँच किलोमिटर दक्षिण गएपछि यो वाटरपार्कमा पुगिन्छ। पार्क प्रवेश गरेपछि विभिन्न प्रजातिका जीवहरुको कंकाल तथा हेर्दा उस्तै देखिने डायनोसर, अक्टोपस, एलियन जस्तो देखिने अवतार अनि विभिन्न जनावरका आकृति देख्न सकिन्छ।
  
पार्क घुम्न आउनेका लागि सुरुमा सानो कृत्रिम नदीमा घुमाइन्छ। सो नदीमा चारवटा चारजना अट्ने डुंगा रहेका छन् र ती डुंगाबाट सुरुमै घुमाउने व्यवस्था गरिएको छ। डुंगा पानीमा आफैँ बग्दै गुफा र जंगलबीचबाट अघि बढ्दै जने व्यवस्था गरिएको छ।
 
डुंगा अघि बढ्दा बाटोमा डाइनोसर चल्छ र त्यसले आवाज निकाल्छ। पाँच वटा डाइनोसर कटेपछि वनमान्छे देखिन्छ। यो वाटर पार्कले विभिन्न विधामा गरी १ सय ५ जनालाई रोजगारी दिएको छ। चोभारको मौलिक वस्तुलाई यो पार्कमा आकर्षक ढंगले प्रस्तुत गरेको छ।
 

ट्रिटमेन्ट गरिएको पानी र दैनिक स्विमिङपुलको पानी परिवर्तन हुने

यो वाटरपार्कमा दैनिक रुपमा पानी परिवर्तन हुनेगरी व्यवस्था मिलाइएको बस्नेतले जानकारी दिइन्। लगानीकर्ता मध्येका एक व्यक्तिको खानेपानीको कम्पनी भएको र सोही कम्पनीका प्राविधकहरुले नै पानीको गुणस्तर जाँच गर्ने र ट्रिटमेन्टको व्यवस्था गरेको उनले बताइन्। यो वाटर पार्कमा स्विम गर्दा शरीरमा कुनैपनि किसिमको हानी नगर्ने र अरु स्विमिङ पुलमा जस्तो आँखा रातो हुने समस्या नहुने उनले दावी गरिन्।
 

सम्पूर्ण खेलहरु हाइड्रोलिक ड्राइभ प्रविधिबाट

पार्कमा सञ्चालन हुने सबै खेलहरु हाइड्रोलिक ड्राइभबाट चल्ने हुँदा दुर्घटना कम हुन्छ। कथमकदाचित घटना घटे दुई सेकेन्डभित्र कुनै किसिमको झड्का नदिई रोक्ने प्रविधि रहेको छ।
 
भिरालो जमिनमा यो पार्क निर्माण गरिएकाले केहि खेलको मजा लिनका लागि हल्का उकालो हिड्नुपर्ने हुन्छ । पार्कले बालबालिकाका लागि भनेर छुट्टै स्विमिङपुल र मनोरञ्जनको व्यवस्था गरेको छ। उनीहरुका लागि कोलम्बस लगयत अरु विभिन्न प्रकारका खेल राखिएको छ ।
  
वाटर पार्कमा चार प्रकारका वाटरखेलहरु राखिएका छन् । त्यसमा पाँचवटा पानी चिप्लेटी खेल्ने व्यवस्था गरिएको छ। सानासाना बालबालिकाका लागि उनीहरुको उमेरअनुसारको छुट्टै पोखरी छुट्याइएको छ।
 

एकैपटक ४० भन्दा धेरैले नुहाउन मिल्ने कृत्रिम झरना

  पार्कले काठमाडौंमा वरिपरि कमै मात्रामा झरनाहरु रहेको र प्राकृतिक जस्तै देखिनेगरी एउटा झरनाको व्यवस्था गरेको छ। ३० मिटर अग्लो ढुंगाको पहराबाट पानीको झरना झर्ने व्यवस्था मिलाइएको छ।
 
चिसो पानी भएका कारण झरनामा नुहाउँदा हिमाली झरनामा नुहाएको अनुभव लिन सक्नेगरी व्यवस्था गरिएको छ। यो झरनामा एकैपटकमा ४० भन्दा बढीले नुहाउन मिल्नेछ।

 डिजेको व्यवस्था

 पानी सम्वन्धि खेलहरु त छँदैछ त्यसका साथसाथै त्यहाँ आउनेका लागि थकित नहोस् र मनोरञ्जन होस भनेर एउटा छुट्टै डिजेको व्यवस्था गरिएको छ। तीनजना डिजेहरुले पालैपालो नेपाली, अंग्रेजी, हिन्दी लगायतका विभिन्न भाषाका गीत बजाउने छन् ।
 

३ सय ६० डिग्री घुम्ने पुलको व्यवस्था

 कम्पनीले यो वाटरपार्कमा राखिएको रेन्जर नेपालमै पहिलो भएको दाबी गरेको छ। ३ सय ६० डिग्री घुम्ने पुल सबैभन्दा आकर्षक रहेको छ। त्यस्तै, बालबालिकालाई उफ्रने, रक क्लाइम्बिङ गर्नेलगायत सुविधाका साथै इन्फ्राटेबल क्यासल पनि रहेको छ ।
  
युवालाई मध्यनजर गर्दै स्पेनमा निकै चर्चित रहेको बुल राइड खेल पनि राखिएको छ । पार्क घुम्न आउनेले साँढेमा बसेर बुल राइडको अनुभव लिन सक्छन् ।
  
कति सेकेन्डसम्म साँढेको ढाडमा टिक्न सकिन्छ भन्ने नै खेलको मुख्य चुनौती हुने हुँदा युवाले यसमा प्रतिस्पर्धासमेत गर्न सक्छन् । साँढेमा धेरैबेर टिक्नसक्नेलाई उपहारको समेत व्यवस्था गरिएको छ।
 

क्यास कार्डबाट कारोबार गर्न मिल्ने

पार्कमा आउने ग्राहकलाई यहाँभित्र रहुन्जल कुनैपनि सामान खरिद गर्न सहज होस भनेर क्यास कार्डको व्यवस्था गरिएको छ।  पैसा वोकेर पार्कमा खेलहरु खेल्दा हराउने र भिज्ने समस्याको समाधानका लागि यो उपाय अपनाइएको  बस्नेतले बताइन्।
 
ग्राहकहरुले पहिला नै काउन्टरमा पैसा जम्मा गरेर कार्ड खरिद गर्न सक्छन। सो कार्डबाट आफ्नो इन्छा अनुसार सामान खरिद गर्न तथा रेष्टुराँको विल तिर्नुका साथै कनैपनि सामग्री खरिद गर्न सकिने उनले बताइन्।
 

पाँच लाखको बीमा 

पार्कमा खेल्न आउने ग्राहकको सुरक्षाका लागि कम्पनीले प्रतिग्राहक पाँचलाख रुपैंयाको बीमा गरेको छ। यो बीमा पार्कमा प्रवेश भएपछि लागु हुने कम्पनीले जनाएको छ। पार्कभित्र प्रवेश गरेपछि कसैलाइ केहि भइहाले सोहि बीमाको रकमवाट उपचारको व्यवस्था गरिएको उनले बताइन्।
  

कति लाग्छ शुल्क?

 यो वाटरपार्क प्रवेशका लागि वयस्कलाई आठसय २५ र बालबालिकालाई चार सय ७५ रुपैयाँ तोकिएको छ। तर कम्पनीले प्रमोसनल अफर भनेर यही जुलाई २० तारिखसम्म जानेका लागि वयस्कलाई चारसय ९५ र बालबालिकालाई दुईसय ९५ रुपैयाँ लिने गरेको बस्नेतले बताइन्। 


ट्रेन्डिङ पोस्ट

Ncell