PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा, कोको परे?



पहिलोपोस्ट

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा, कोको परे?

विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिप अन्तर्गत नेपालसँगको खेलका लागि नेदरल्याण्ड्सले १६ सदस्यीय टोली घोषणा गरेको छ। पिटर बोरेनको कप्तानीमा छनोट भएको टोलीमा टीम ग्रुइटर्सले दुई वर्षपछि डच टोलीमा स्थान बनाएका छन्।
 
छनोटमा हुन सफल अन्य खेलाडीहरुमा विकेटकिपर वेस्ले बारेसी, मुदासार बुखारी, बेन कुपर, भिभियन किंगमा, असन मलिक, स्टेफन मइवर्ग, म्याक्स ओ डोड, माइकल रिप्पोन, पिटर सिलर, सेन स्नाटर, टीम भान डेर गुटेन, रोलेफ भान डेर मर्वे, पउल भान मिकेरन र सिकन्दर जुल्फिकर रहेका छन्।
 
च्याम्पियनसिपमा अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल नेदरल्याण्ड्को घरेलु मैदानमा साउन २९ र ३१ गते हुनेछ।
 
नेदरल्याण्ड्सले नेपालसँग खेल्नुअघि अफगानिस्तानसँग चार दिवसीय इन्टरकन्टिनेन्टल म्याच खेल्नेछ। त्यसका लागि पनि पिटर बोरेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको छ। उक्त टोलीमा नेपालसँग खेल्ने टोलीमा परेका म्याक्स ओ डोड र सिकन्दर जुल्फिकर छैनन् भने क्युइरिन गुनिनले स्थान बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell