काठमाडौं : यस पटकको बाढी-पहिरोमा परी ४७ जनाले ज्यान गुमाएका छन्। वैशाखयताका १२२ बाढी-पहिरोको घटनामा परी ५७ जना घाइते छन् भने १६ को अवस्था अझै अज्ञात छ।
व्यवस्थापिका संसदको आजको बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्राकृतिक प्रकोपको घटनाबारे जानकारी गराएका हुन्। बाढी-पहिरोभन्दा पनि चट्याङबाट मृत्यु हुनेको संख्या बढी छ। ११४ वटा चट्याङमा ६२ जनाको मृत्यु भएको र १४० जना घाइते भएका उनले जानकारी दिए। चट्याङबाट ३ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने ७ वटामा आंशिक क्षति पुगेको छ।
मन्त्री बस्नेतले अब भू उपयोग नीति तर्जुमा गरी समग्र विकास योजनालाई अगाडि बढाइने समेत बताए।